कोशीका मुख्यमन्त्रीले राखे सर्वदलीय सरकारको प्रस्ताव

नेपालभ्युज

कोशीका मुख्यमन्त्रीले राखे सर्वदलीय सरकारको प्रस्ताव
हिक्मतकुमार कार्की

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मत माग्दै सर्वपक्षीय सरकार बनाउन प्रस्ताव गरेका छन् ।

बिहीबार प्रदेशसभाको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले सर्वपक्षीय सरकारको प्रस्ताव राखेका हुन् ।

सर्वदलीय सरकार बनाउँदा आफू वा आफ्नो पार्टीले नेतृत्वको दाबी छाड्नसक्ने पनि उनले बताए ।

कोशी प्रदेशसभामा बहुमतको लागि ४७ सिट आवश्यक छ । मुख्यमन्त्री कार्कीको पक्षमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका गरी ४६ जनाको समर्थन देखिएको छ ।

एकजना सांसद रहेको जनता समाजवादी पार्टी तटस्थ बस्दा विपक्षीतर्फ नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३ (सभामुखसहित), नेकपा एकीकृत समाजवादीका चार गरी ४६ मत नै देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved