१५ वटा मुर्रा राँगा लिन चार जनाको टोली भारत जाँदै

भारतबाट अनुदानमा पाएको १४ वटा मुर्रा राँगा लिन नेपालबाट चार जनाको टोली जाने भएको छ। टोली असार अन्तिमतिर चार जनाको टोली भारत जान लागेको पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले जानकारी दिए।

नेपालभ्युज

१५ वटा मुर्रा राँगा लिन चार जनाको टोली भारत जाँदै
फाइल फोटो

काठमाडौं। भारतबाट अनुदानमा पाएको १४ वटा मुर्रा राँगा लिन नेपालबाट चार जनाको टोली जाने भएको छ। टोली असार अन्तिमतिर चार जनाको टोली भारत जान लागेको पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले जानकारी दिए।

भारतले अनुदानमा दिने १५ वटा राँगालाई एकै लटमा नेपाल ल्याइने ढकालले बताए। असार अन्तिम भनिए पनि मिति तय भइसकेको छैन।

मुर्रा राँगा लिन जाने टोलीमा टोलीमा पशु सेवा विभागकी महानिर्देशकसहित राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा, पशु प्रजनन केन्द्र लहान, र क्वारेन्टाइन शाखाका प्रमुख छन्। भारत सरकारले सीमासम्म ल्याइदिनेछ। त्यहाँबाट ल्याउने प्रबन्ध विभागले गरिरहेको छ।

भारतबाट उन्नत नस्लका मुर्रा राँगा ल्याउन २०७३ सालबाटै पहल सुरू भएको थियो। यी राँगाबाट रैथाने भैँसीको नस्ल सुधार हुने हुँदा सरकारले सात वर्षदेखि मुर्रा राँगा ल्याउन भारतसँग पहल गरिरहेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जेठ तेस्रो साता भएको भ्रमणका क्रममा भारतले नेपाललाई १५ वटा उन्नत नस्लका मुर्रा राँगा दिने जनाएको थियो। अहिले ल्याउन लागिएको मुर्रा राँगा भारतमा भएका राँगाहरूमध्ये उच्च प्रजनन क्षमता रहेको भनिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved