काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्राध्यापक कुट्नेलाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।
प्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक हमाला गरेकाहरुको मुद्दा फिर्ता लिएर सरकारले अपराधीहरुको संरक्षण गर्न खोजेको ओलीको भनाइ थियो ।
बिहीबार मदनमण्डारी कलेजको वार्षिकोत्सव कार्यक्रममा बोल्दै ओलीले पछिल्लो समय ‘गुरु कुट्ने’ सँस्कृति मौलाएको भन्दै चिन्ता व्यक्त गरे ।
‘आजकाल गुरु कुट्ने संस्कृति छ । सम्भयताको जग बसाउने हाम्रो जस्तो देशमा गुरुको टाउको फुटाइन्छ, यस्ताहरुलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ’, उनले भने, ‘प्रोफेसर कुट्न किन विद्यार्थीले नपाउने भन्छ सरकार । हामी यस्तो सँस्कृतिबाट जोगिनु पर्छ ।’
ओलीले पछिल्लो समय सरकारले गलत काम गर्नेहरुको संरक्षणमा धेरै ध्यान दिन थालेको बताए ।
Facebook Comment
Comment