सातौँ पीएम कप एनभीए भलिबल लिग असार २३ गतेदेखि हुने

नेपालभ्युज

सातौँ पीएम कप एनभीए भलिबल लिग असार २३ गतेदेखि हुने

काठमाडौं। सातौँ पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग असार २३ देखि ३० सम्म आयोजना हुने भएको छ।

नेपाल भलिबल संघले सोमबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराएको हो। लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा हुनेछ।

हरेक टोलीले ३ विदेशी खेलाडी राख्न पाउनेछन् । प्रतियोगिताको कुल खर्च ७५ लाख रुपैँया हुने संघले जनाएको छ। जसमध्ये राष्ट्रिय खेलकुद परिषदले ४० लाख रुपैँयासहित मुख्य प्रायोजन गर्ने छ। प्रतियोगितामा पुरुषतर्फ ८ टोली र महिलातर्फ ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ।

पुरुर्षतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब, केशवलाल स्मृती–प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग वागढुङ्गा स्पोर्ट्स क्लब रामेछाप, त्रिभुवन आर्मी क्लब, एपीएफ, नेपाल प्रहरी र दावाली मिलन क्लबले सहभागीता जनाउने छन्।

महिलातर्फ भने नेपाल प्रहरी, एपीएफ, त्रिभुवन आर्मी क्लब, होडवाजी न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब, एभरेष्ट भलिबल क्लब बुटवल र गण्डकी प्रदेशले सहभागीता जनाउनेछ।

विजेताले ६ लाख र उपविजेताले ३ लाख पाउनेछन् । यस्तै तेस्रो हुने टोलीले १ लाख ५० हजार तथा चौथोले ७५ हजार रुपैँया पाउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

सर्वोत्कृष्ट खेलाडीले ३५ हजार तथा उत्कृष्ट सेटर, ब्लकर, सर्भर, लिबेरो, स्पाईकर र प्रशिक्षकले १५–१५ हजार प्राप्त गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved