बजेटमा असन्तुलन हुन गएको छ : मन्त्री किराती

नेपालभ्युज

बजेटमा असन्तुलन हुन गएको छ : मन्त्री किराती

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित भएको बताएका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री किरातीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित हुन गएको बताएका हुन्।

उनले बजेट असन्तुलित भएकोमा माफीसमेत मागे। उनले बजेटको सिलिङ कम भएका कारण सांसदहरूले दिएका धेरै योजनाहरू समेट्न नसकेको बताए। सांसदहरूलाई खुसी बनाउन नसकेको भन्दै मन्त्रीले बाटो छलेर हिँड्नुपर्ने स्थिति रहेको बताए।

मन्त्री किरातीले सकभर देशभर सञ्चालन हुनेगरी बढीभन्दा बढी साना–साना बजेटका कार्यक्रमहरू समावेश गरिएको बताए। त्यस्तै, प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै प्रत्येक प्रदेशका महत्त्वपूर्ण सांस्कृतिक, धार्मिक एवं पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन पुर्वाधार विकास गर्ने गरी बजेट व्यवस्था गरिएको उनले उल्लेख गरे।

उनले भने, ‘सदाझैँ यसपालि मन्त्रालयको सिलिङ बजेटको व्यवस्था भएन। हाम्रो मन्त्रालयमा जिरो थियो सिलिङ बजेट। पुरातत्व विभाग र पर्यटन विभागमाथि हामी भर पर्नु प¥यो। धरै योजनाहरू अटाउनै सकिएन। सबैको चित्त प्रशन्न बनाउनै सकिएन। बाटो छोडेर, छलेर हिँड्नुपर्ने स्थिति छ मन्त्रीको। स्वभाविक रूपमा बजेट असन्तुलन हुन गएको छ। त्यसको निम्ति यो सम्मानित सदनमा म क्षमाप्रार्थि छु। माननीय सांसदहरूको मागलाई हामीले लिपिबद्ध गरेर सम्बन्धित मन्त्रालय पठाएका थियौँ। त्यहाँ पनि बजेटको सीमाले योजनाहरू पर्न सकेन भनेर हामीले बुझ्दा राम्रो हुन्छ होला। बजेको सिमा करिब ४५ प्रतिशतले हाम्रो मन्त्रालयमा घटेर आयो। हुँदाहुँदै पनि सकभर देशभर सञ्चालन हुनेगरी बढीभन्दा बढी कार्यक्रमहरू समावेश गरिएको छ। समावेश गरिएका कार्यक्रमहरू धेरै साना–साना बजेटका छन्। प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै प्रत्येक प्रदेशका महत्त्वपूर्ण सांस्कृतिक, धार्मिक एवं पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन पूर्वाधार विकास गर्ने गरी बजेट व्यवस्था गरिएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्य सम्पन्न भएको सबैलाई अवगत नै छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved