काठमाडौं। सांसद दीपक गिरीले चट्याङबाट ज्यान गुमाएका परिवारलाई १० लाख क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले अहिले सरकारले चट्याङबाट २ लाख क्षतिपूर्ति दिने गरे पनि त्यो रकमलाई बढाउनुपर्ने बताए ।
चट्याङबाट सर्वसाधारण र किसानहरू बढी मर्ने गरेको भन्दै विदेश जान छोडेर खेती किसानी गर्दा पनि चट्याङले ज्यान लिने गरेको तर सरकारले अत्यन्त कम क्षतिपूर्ति दिने गर्नाले पीडितहरूलाई मलहम नलाग्ने बताए । ‘दाङमा केही दिन अघि मात्र २ जना किसान बालीनाली लगाइरहेका किसान चट्याङ लागेर मृत्यु भयो’, गिरीले भने, ‘रामनारायण चौधरी र समीर केसीको मृत्यु भयो, रूपा राना घाइते छन् ।’
त्यस्तै घटना बागलुङमा पनि दुई नाबालक दिनेश र सुनिता विकको ज्यान गएको भन्दै उनले गत वर्ष मात्र चट्याङबाट ५५ जनाले नेपालमा ज्यान गएको बताए।
Facebook Comment
Comment