एजेन्सी। भारतको ओडिशाको गञ्जम जिल्लामा भएको बस दुर्घटनामा कम्तीमा ११ जनाको ज्यान गएको छ ।
दुर्घटनामा आठ जना यात्रु गम्भीर घाइते भएको बीबीसी हिन्दीले जनाएको छ । घाइतेहरूलाई ओडिशाको बेरहमपुर जिल्लाको एमकेसीजी मेडिकल कलेजमा भर्ना गरिएको छ।
समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै गञ्जम जिल्ला मजिस्ट्रेट दिव्या ज्योति परिडाले घटनाको अनुसन्धान भइरहेको र घाइतेहरूलाई सम्भव भएसम्म सहयोग गर्ने प्रयास भइरहेको बताएका छन् ।
ओडिशाका मुख्यमन्त्रीले बस दुर्घटनामा परी ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्रीले मृतकलाई ३–३ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा पनि गरेका छन् ।
ओडिशा स्टेट रोड ट्रान्सपोर्ट कर्पोरेशनको बस र निजी बस एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । मृत्यु हुनेमा अधिकांश निजी बसका यात्रु रहेका छन् ।
Facebook Comment
Comment