विश्वकै १५ प्रभावशाली युवा राजनीतिज्ञको सूचीमा अटाइन् सांसद सोबिता गौतम

नेपालभ्युज

विश्वकै १५ प्रभावशाली युवा राजनीतिज्ञको सूचीमा अटाइन् सांसद सोबिता गौतम

काठमाडौं। विश्वकै १५ प्रभावशाली युवा राजनीतिज्ञहरूको सुचीमा रास्वपाकी सांसद सोबिता गौतम अटाएकी छिन्। ‘वान योङ वर्ड पोल्टिसियन अफ द इअर अवार्ड २०२३’को सर्टलिस्टमा विश्वभरका १४ अरू युवामन्त्री, सांसद, मेयरसहित सोबिता पनि अटाएकी हुन्।

१५ युवा राजनीतिज्ञहरू सबैले राजनीतिमा गरेको उल्लेखनीय प्रभावका कारण सर्टलिस्टमा परेको आयोजकले जनाएको छ। आफ्नो समुदाय र देशहरूमा युवा मानिसहरूमा सकारात्मक प्रभाव पार्न आफ्नो पद प्रयोग गरिरहेकाहरू छनोटमा पर्नेछन्।

‘वान योङ वर्ड पोल्टिसियन अफ द इअर अवार्डमा १८ देखि ३५ वर्षसम्मका युवाहरू पर्छन्। सर्टलिष्टमा परेका १५ मध्ये पाँच जनाले अवार्ड पाउँछन्। विजेताहरूको घोषणा जुलाईमा गरिनेछ। यो पुरस्कार युवा विश्व शिखर सम्मेलन आयोजना गरेर दिइनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved