लागूऔषध कारोबारमा संलग्न पाँच विदेशीसहित १२ जना पक्राउ

दुई करोड ३३ लाख मूल्य बराबरको लागूऔषध बरामद्

नेपालभ्युज

लागूऔषध कारोबारमा संलग्न पाँच विदेशीसहित १२ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ठुलो परिमाणको लागूऔषध सहित त्यसको कारोबारमा संलग्न पाँच विदेशीसहित १२ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागूऔषध कारोबारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरेर प्रहरीले लागूऔषध कारोबारमा संलग्नलाई सार्वजनिक गरेको छ। उनीहरु जेठ २८ गतेदेखि विभिन्न अपरेशनका क्रममा पक्राउ परेका थिए । ‘अन्तर्राष्ट्रिय लागू औषध नियन्त्रण सप्ताह’ चलिरहेका बेला प्रहरीले पनि विशेष अपरेशन चलाएको जनाएको छ ।

पक्राउ परेका कारोबारीको साथबाट दुई करोड ३३ लाख मूल्य बराबरको लागूऔषध बरामद् गरिएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

हालसम्मकै ठूलो परिमाणमा अवैध लागूऔषध लाइसर्जिक डाइथेरामाइड एसिड (एलएसडी) बरामद भएको छ । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले चलाएको विशेष अपरेशनका क्रममा प्रहरीले १० हजार १३० थान एलएसडीसहित ५ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले ५ असारमा ठमेलबाट सुगम मैनालीलाई ७ थान एलएसडीसहित पक्राउ गरेको थियो । थप अनुसन्धान गर्दै जाँदा ठमेलबाट मुखिया गुरुङ, पोखराबाट चेक रिपब्लिकनका नागरिक मार्टिन सेरना र बचन भन्ने राज गौतम पक्राउ परेका थिए ।

सेरना र गौतमको बयानका आधारमा प्रहरीले गिरोहका मुख्य व्यक्ति इटालियन नागरिक डेबिड मण्डियोलाई पक्राउ गरेको थियो । लागू औषध नियन्त्रण ब्यूरोका अनुसार बरामद एलएसडी भारतबाट स्थलमार्ग हुँदै नेपाल ल्याइएको पाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved