हराएको पनडुब्बी ‘टाइटन’मा अक्सिजन सकिन लाग्यो, यात्रीको अवस्था अज्ञात

विश्वचर्चित टाइटानिक जहाजको भग्नावशेष हेर्न उक्त पन्डुब्बीमा सवार भई ४ यात्रु र एकजना चालक दलका सदस्यले गत आइतबार उत्तरी अटलांटिक महासागरमा डुबुल्की लगाएका थिए। पन्डुब्बी पानीमा छिरेको ८ घण्टामा फर्किसक्नुपर्ने थियो ।

नेपालभ्युज

हराएको पनडुब्बी ‘टाइटन’मा अक्सिजन सकिन लाग्यो, यात्रीको अवस्था अज्ञात

काठमाडौं। विश्वचर्चित टाइटानिक जहाजको भग्नावशेष अवलोकनमा जाँदा सम्पर्कविहीन भएको पनडुब्बी अझै भेटिएको छैन ।

९६ घण्टाको लागि मात्रै अक्सिजन आपूर्ति भएको ‘ओसियन गेट टाइटन’ नामक उक्त पन्डुब्बी पाँचजना यात्रुसहित आइतबार सम्पर्कविहीन भएको थियो । त्यसमा अक्सिजन सकिन अब केही घण्टा मात्र बाँकी रहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

नेपाली समयअनुसार बिहीबार बेलुकासम्म पनडुब्बी भेटिएन भने त्यसमा सवार सबैको अक्सिजन अभावमा मृत्यु हुनेछ । विद्युत आपूर्ति पनि ठप्प हुनेछ ।

विश्वचर्चित टाइटानिक जहाजको भग्नावशेष हेर्न उक्त पन्डुब्बीमा सवार भई ४ यात्रु र एकजना चालक दलका सदस्यले गत आइतबार उत्तरी अटलांटिक महासागरमा डुबुल्की लगाएका थिए। सो पन्डुब्बी पानीमा छिरेको ८ घण्टामा फर्किसक्नुपर्ने थियो । तर पौने २ घण्टामै सम्पर्क टुटेको थियो । भित्रबाट खोल्न नमिल्ने उक्त पनडुब्बीलाई समुद्रमाथिबाट जहाजले नियन्त्रण गर्ने गरेको थियो ।

पनडुब्बीमा बेलायती–पाकिस्तानी व्यापारी शाहजाद दाउद, उनका छोरा सुलेमान दाउद, बेलायती व्यापारी तथा अनवेषक हामिश हार्डिङ, फ्रान्सेली अनवेषक पल–हेन्री नर्जोलेट, हमिश हार्डिङ, तथा ओसियन गेट कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत स्टकटन रश छन्। रश पन्डुब्बीका पाइलट हुन्।

उक्त यात्राका लागि अर्बपती ब्यापारीले करोडौं रुपैयाँ तिरेका थिए । हामिश यसअघि अन्तरिक्षमा समेत यात्रा गरिसकेका बेलायतका अर्बपति हुन् । पनडुब्बीको खोजीका लागि ठुलो अभियान संचालन गरिएको छ । तर, चार दिनसम्म पनि कुनै सुराक फेला नपरेकाले त्यसमा रहेकाहरु अब जीवितै भेटिने आशा कम हुन थालेको छ ।

सन १९१२ अप्रिलमा डुबेको टाइटानिक जहाजको भग्नावशेष उत्तरी अटलान्टिकको सतहबाट करिब ४ किलोमिटर तल छ । उक्त भग्नावशेष सन १९८५ मा मात्रै पत्ता लागेको थियो ।

पनडुब्बीको उद्धारमा खटिएको क्यानडेली  जहाजले मङ्गलबार र बुधबार पानीमुनीबाट आवाज आइरहेको जानकारी गराएको थियो । तर, उक्त आवाज पनडुब्बीबाट आएको पुष्टि भने हुन सकेन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved