टाइटनिक जहाज खोज्न जाँदा बेपत्ता भएको पनडुब्बीबारे नयाँ जानकारी प्राप्त

नेपालभ्युज

टाइटनिक जहाज खोज्न जाँदा बेपत्ता भएको पनडुब्बीबारे नयाँ जानकारी प्राप्त

अमेरिका। विश्वचर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न समुद्री गहिराइमा पठाउने पनडुब्बीबारे नयाँ जानकारी प्राप्त भएको छ।

बेपत्ता भएको यो पनडुब्बीबाट केही घण्टाअघि आवाज आइरहेको बताइएको छ । आवाजसँगै यसको भग्नावशेषबारे एक नयाँ खुल्दुली र आशा पैदा भएको छ ।

अमेरिकी नौसेनाका पूर्व न्युक्लियर सबमरिन कमान्डर डेभिड मार्केटले आशा जगाउने आवाज सम्भवतः टाइटन पनडुब्बीबाट नै नआएको पनि हुन सक्ने सम्भावना भएको बताएका छन् ।

उनले बीबीसीसँग भने, ‘मलाई लाग्दैन कि यी आवाज पनडुब्बीबाट आइरहेको छ । यो प्राकृतिक आवाज हुनसक्छ । ’

क्याप्टेन मार्केटका अनुसार पनडुब्बीमा फसेका मानिस बच्चे सम्भावना निकै कम छ। तर, टाइटनलाई समुद्र बाहिर निकाल्ने मेसिन आएपछि पनि यो सम्भावना थोरै बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved