‘आदिपुरुष’ बारेको विवादमा सरकारले भन्यो-गम्भीर ध्यानाकर्षण भएको छ

नेपालभ्युज

‘आदिपुरुष’ बारेको विवादमा सरकारले भन्यो-गम्भीर ध्यानाकर्षण भएको छ

काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर भइरहेको विवादमा सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहायक प्रवक्ता विशाल सापकोटालेआइतबार एक वक्तव्य जारी गर्दै सेन्सर पास भइसकेको फिल्मलाई लिएर सञ्चारमाध्यम र सरोकारवाला निकायबाट जनाइएका आपत्तिको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्  ।

सहायक प्रवक्ता सापकोटाले जेठ ३१ गते फिल्म जाँच गर्दा राष्ट्रिय विभूतिको रुपमा रहेकी जानकीलाई भारतीय बेटीको रुपमा प्रस्तुत भएको संवाद हटाउन लगाई सो पश्चात सेन्सर पासको प्रमाणपत्र दिएर सार्वजनिक प्रदर्शन गर्न अनुमति दिइएको विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगर क्षेत्रभित्र भारतीय फिल्मलाई निषेध गर्ने तयारी गरिरहेका बेला मन्त्रालयले यस्तो  विज्ञप्ति जारी गरेको हो ।

यो पनि 

https://www.nepalviews.com/2023/06/18/170551/

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved