काठमाडौं। आईसीसी विश्वकप क्रिकेट छनोटमा नेपालले जिम्बाब्वेविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। जिम्बाब्वेस्थित हरारे स्पोर्ट्स क्लबमा सुरु हुने खेलमा घरेलु टोलीले टस जितेर बलिङ रोजेको हो।
नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक टेस्ट मान्यताप्राप्त देशसँग अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्दैछ । विश्वकप छनोटअघि नेपालले पछिल्ला १७ मध्ये १६ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा जित हात पारेको छ ।
विश्वकप छनोटमा नेपाल रहेको समूहमा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् ।
दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कप खेल्न पाउनेछन् ।
Facebook Comment
Comment