भाजपाका प्रभावशाली नेता एसजी सूर्य पक्राउ

नेपालभ्युज

भाजपाका प्रभावशाली नेता एसजी सूर्य पक्राउ

नयादिल्ली। दक्षिण भारतमा भारतीय जनता पार्टी (भाजपा) का प्रभावशाली नेता एसजी सूर्य पक्राउ परेका छन् । भारतीय जनता पार्टी (भाजपा) का तमिलनाडु इकाईका नेता एसजी सूर्यलाई प्रहरीले चेन्नईबाट पक्राउ गरेको हो ।

उनी सो क्षेत्रका शक्तिशाली नेताको रूपमा चिनिन्छन् । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) अर्थात सीपीआईएमले भाजपाका राज्य सचिव सूर्यले आफ्नो सोसियल मिडियामा जारी गरेको पोस्ट आपत्तिजनक भएको भन्दै दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरी कारबाही सुरु गरेको प्रहरी स्रोतले जनाएको छ।

सूर्यलाई भारतीय दण्ड संहिता (आईपीसी) र सूचना प्रविधि (आईटी) ऐनको विभिन्न धारा अन्तर्गत पक्राउ गरि मुद्दा चलाइएको भारतीय प्रहरीले जनाएको छ। भाजपाका राज्य इकाई प्रमुख के अन्नामलाईले भने उक्त कार्यको निन्दा गर्दै यसलाई ‘अभिव्यक्तिको स्वतन्त्रतालाई नियन्त्रण’ गर्ने प्रयास भन्दै प्रतिक्रिया दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved