काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निरन्तरता दिनका लागि गोला प्रणाली लागू गरिए पनि बहसमा नजाने नेपाल बार एसोसिएसनले चेतावनी दिएको छ। पत्रकार सम्मेलनमा बारले प्रधानन्यायाधीश जबराको राजीनामा नै पहिलो सर्त भएको भन्दै बहसमा नजाने बताएको हो।
हालसम्म कस्तो किसिमले गोला प्रणाली लागू गर्न खोजेको हो भन्ने कुरा तय नभइसकेको भन्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले नियमावली राजपत्रमा प्रकाशित भएपछि मात्रै यसबारे थप धारणा तय गर्ने बताए।
उनले भने ‘‘गोला प्रथा लागु भइसके पनि बार झुक्दैन। प्रधानन्यायाधीशको राजीनामा र सुधारको काम नभएसम्म बार बहसमा जाँदैन। गोलाप्रथा लागू गरेपछि सुनुवाइमा जाने निर्णय न्यायाधीशको हो। हामीले आन्दोलन शिथिल हुने गरी काम गर्न हुन्न। बार कतैबाट बहसमा जाँदैन।’’
प्रधानन्यायाधीश जबराको राजीनामा पहिलो सर्त रहेको तर न्यायालय शुद्धीकरणको अभियान नरोकिने श्रेष्ठको भनाइ छ।
Facebook Comment
Comment