संसद बैठक बस्दै,  बजेटमाथि मन्त्रालयगत रुपमा छलफल सुरु हुने

नेपालभ्युज

संसद बैठक बस्दै,  बजेटमाथि मन्त्रालयगत रुपमा छलफल सुरु हुने

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज विहीबार बस्दै छ ।

सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आगामी वर्षको बजेटमाथिको छलफलले निरन्तरता पाउनेछ । यसअघि बजेटका सैद्धान्तिक विषयमा छलफल भएकोमा आजको बैठकबाट मन्त्रालयगत रूपमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनेछ ।

आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved