नेपाल र यूएई बीचको श्रम सम्झौता नवीकरण

नेपालभ्युज

नेपाल र यूएई बीचको श्रम सम्झौता नवीकरण

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच भएको श्रम सम्झौता नवीकरण गरिएको छ ।

नेपाल र यूएईका उच्च श्रम अधिकारीहरुबीच बुधबार काठमाडौंमा भएको उच्चस्तरीय संयुक्त समितिको बैठकले चार वर्षअघि भएको श्रम सम्झौता नवीकरण गरेको हो ।

उक्त संयुक्त बैठकमा नेपालको तर्फबाट  श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेल र यूएईको तर्फबाट  समकक्षी अब्दुल्लह अली अलनुयमीले नेतृत्व गरेका थिए ।

श्रम सम्झौतामा उल्लेख भए अनुसार रोजगारदाताको कमी कमजोरीका कारण कामदार बेरोजगार हुनुपर्ने अवस्था आएमा कामदारले वैकल्पिक रोजगारीको खोजी गर्न सक्ने व्यवस्था छ ।

यस्तै उक्त श्रम सम्झौताले सबै विदेशी श्रमिकलाई समान व्यवहार गर्ने, महिला श्रमिकको लागि श्रमिक कल्याण र सुरक्षाका विशेष उपायहरु सुनिश्चित गर्ने राहदानीलगायत व्यक्तिगत परिचयसम्बन्धी कागजात श्रमिककै साथमा रहन पाउने, श्रमिक र रोजगारदाताबीच विवाद उत्पन्न भई अदालतमा मुद्दा परी विचाराधीन रहेको अवस्थामा कामदारलाई कुनै लागत वा शुल्क नलाग्ने गरी कानुनी उपचारको प्रत्याभूति  लगायतका विषयलाई सम्बोधन गरेको छ ।

बैठकमा नेपालले श्रम सम्झौताको प्रभावकारी कार्यान्वयनको पक्षलाई जोड दिएको थियो भने यूएईले आफूहरुले घरेलु श्रमिकको सुरक्षाका लागि नीतिगत सुधार गरेको भन्दै नेपाललाई घरेलु श्रमिक पठाउन आग्रह गरेको थियो ।

दुई देशबीचको  श्रम सम्झौताको म्याद बुधबार सकिँदैछ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved