इटालीका पूर्वप्रधानमन्त्री बर्लुस्कोनीको निधन

नेपालभ्युज

इटालीका पूर्वप्रधानमन्त्री बर्लुस्कोनीको निधन

काठमाडौं । इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ ।

इटालीमा सन् १९९४ देखि २०११ सम्म तीनपटक सरकारको नेतृत्व गरेका बुर्लुस्कोनी ल्युकेमियाबाट पीडित थिए। मिडिया टाइकुन तथा वर्तमान सत्तारुढ गठबन्धनमा फोर्जा इटालिया पार्टीबाट साझेदार रहेका बर्लुस्कोनी इटालीका चर्चित नेता थिए ।

उनीमाथि अनेकौं आरोप पनि लागेका थिए । भ्रष्टाचार, यौन अपराध , कर छली लगायतका आरोपमा सजायको भोगेका बुर्लुस्कोनीले सन २०१७ मा राजनीतिमा पुनरागमन गरेका थिए।

सन १९३६ मा मिलानको एक मध्यम वर्गीय परिवारमा जन्मेका, बर्लुस्कोनीले इटालीको सबैभन्दा ठूलो व्यावसायिक प्रसारक मिडियासेटका मालिक थिए ।

उनले सन् १९८६ र २०१७ को बीचमा एसी मिलान फुटबल क्लबको स्वामित्व पनि किनेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved