चीनमा हिमाली पहिरोमा परी कम्तीमा १४ जनाको मृत्यु, ५ बेपत्ता

नेपालभ्युज

चीनमा हिमाली पहिरोमा परी कम्तीमा १४ जनाको मृत्यु, ५ बेपत्ता

चेङ्दु । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लेशान सहरमा आइतबार पहिरो जाँदा १४ जनाको मृत्यु भएको छ ।

प्रान्तीय प्रशासनले पहिरोमा परी १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । घटनामा अन्य पाँच जना बेपत्ता भएका स्थानीय सञ्चर विभागले जनाएको छ ।

शहरको जिनकोहे जिल्लाको योङसेङ टाउनशिपको एक जङ्गल क्षेत्रमा बिहान ६ बजेतिर पहिरो खसेको थियो ।

घटनापछि बेपत्ताको खोजी गर्न एक सय ८० जनाभन्दा बढीको उद्धार टोली घटनास्थलमा खटाइएको र उनीहरूको खोजीकार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved