एजेन्सी। दैनिक बिहान खालीपेट किवीको सेवन स्वास्थ्यवर्धक हुन्छ। आउनुहोस् जानौं खालीपेट किवीको सेवन गर्दा हुने फाइदाका बारेमा –
– किवीमा कार्बोहाइड्रेट्सको राम्रो मात्रा हुने गर्दछ, जसले शरीरलाई ऊर्जा दिने गर्दछ । ऊर्जा कम भएको महशुस भइरहेको बेला किवीको सेवन फाइदाजनक हुन्छ ।
– यदि, तपाईं तौल बढेर पीडित हुनुहुन्छ भने बिहान खालीपेट किवीको सेवन फाइदाजनक हुन सक्छ । यसमा कम क्यालोरी तथा पानीको मात्रा अत्यधिक हुन्छ, जसले मोटोपनको समस्याबाट निजात पाउन सकिन्छ ।
– दैनिक बिहान खालीपेट किवीको सेवना गर्नाले इम्युनिटी राम्रो हुन्छ । जसले गर्दा भाइरल संक्रमणहरूबाट बच्न सकिन्छ।
– कोलेस्ट्रोल कम गर्न पनि खाली पेट किवीको सेवन गर्न सकिन्छ । यसमा पाइने घुलनशील फाइबरले रगतमा कोलेस्ट्रोल जम्नबाट रोक्छ।
– दैनिक खालीपेट किवीको सेवनले छालासम्बन्धी देखिने समस्याहरु कम हुन्छ । कीवीमा पाइने भिटामिन ‘ई’ ले छालाका कोशिकाहरूलाई राम्रो बनाउने काम गर्छ।
– त्यस्तै, पेटका लागि पनि बिहान खालीपेट किवी खानु फाइदाजनक हुन्छ । यसले ग्यास, अपचबाट हुने समस्याहरू कम गर्दछ ।
Facebook Comment
Comment