काठमाडौं। नेपाली सेनाको पुरुष टोली दोस्रो रबिन रोसन स्मृति अल इन्डिया हक्की प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
बिहारको राजधानी पटनामा बिहीबार भएको खेलमा नेपाली सेनाले बिहारलाई ५–१ गोलअन्तरले पराजित गरेको हो।
बिहारको लागि रञ्जन कुमारले गोल गरे। आर्मीको लागि भने अम्बर बहादुर गुरुङ, प्रदीप राजवंशी र रोशन चौधरीले गोल गरे।
खेलको १७औँ मिनेटमा रञ्जनले गोल गर्दै बिहारलाई अग्रता दिलाए। ३८औँ मिनेटमा रोसन चौधरीले आर्मीको लागि पहिलो गोल गर्दै खेललाई बराबरीमा पुर्याए।
४६औँ मिनेटमा अम्बर गुरुङले गोल गरे। ५४औँ र ५७औँ मिनेटमा प्रदीप राजवंशीले आर्मीको क्रमश: दोस्रो र तेस्रो गोल गरे। ५९औँ मिनेटमा रोशनले आर्मीको लागि पाँचौं गोल गरे। प्रदीप ‘प्लेयर अफ द म्याच’ घोषित भए।
जेठ १६ देखि सुरु भएको प्रतियोगिता २० गतेसम्म हुनेछ। पुरुषतर्फ प्रतियोगितामा नेपाल आर्मीसहित ६ भारतीय टोलीको सहभागिता रहेको छ। नेपालले पहिलोपटक यो प्रतियोगिता सहभागिता जनाएको हो।
Facebook Comment
Comment