रास्वपा बैठक : सांसद विकास कोष खारेजका लागि सङ्कल्प प्रस्ताव दर्ता गर्ने

नेपालभ्युज

रास्वपा बैठक : सांसद विकास कोष खारेजका लागि सङ्कल्प प्रस्ताव दर्ता गर्ने

काठमाडौं । प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद विकास कोष खारेजका लागि सङ्कल्प प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति र संसदीय समितिको बैठकले यस्तो निर्णय गरेको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

स्थानीय पूर्वाधार साझेदारी तथा विकास कार्यक्रमसमेत भनिने सांसद विकास कोषका लागि सरकारले ८ अर्ब २५ करोड विनियोजन गरेको छ । “हामी सांसद विकास कोषको विपक्षमा छौँ । यसविरुद्ध संसद् सचिवालयमा खारेजी-सङ्कल्प प्रस्ताव दर्ता गर्नेछौँ,” उनले भनेका छन् ।

तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खारेज गरेको सांसद विकास कोष वर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्युँताएका छन् । यसपछि यसको जनस्तरमा आलोचना भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved