काठमाडौं। सत्तासाझेदार दलका नेताहरू रहेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित समितिको पहिलो बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो।
न्यायालयको विवाद उत्कर्षमा पुग्दा बसेको संयन्त्रको बैठकलाई चासोका साथ हेरिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीश, सर्वोच्च अदालत बार तथा नेपाल बार एशोसियसन आन्दोलनमा छन्। सो विषयमा राजनीतिक दलहरू मौन रहरेको भन्दै आलोचना भइरहेको छ। यो परिस्थितिमा बसेको राजनीतिक संयन्त्रको बैठकले के निर्णय लिन्छ भन्ने सर्वत्र चासो छ।
बैठकमा सरकार सञ्चालनमा सत्तारुढ दलहरूको नीतिअनुसार के कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा छलफल हुने जनाइएको छ। साथै बैठकमा राष्ट्रियसभा निर्वाचनमा पनि सत्तारुढ दलहरूको बीचमा हुने तालमेल बारेमा पनि छलफल हुनेछ।
Facebook Comment
Comment