सामाजिक सुरक्षा कोषको रकम उत्पादनमुलक र पूर्वाधार क्षेत्रमा लगानी गर्ने

नेपालभ्युज

सामाजिक सुरक्षा कोषको रकम उत्पादनमुलक र पूर्वाधार क्षेत्रमा लगानी गर्ने

काठमाडौं ।  सरकारले सामाजिक सुरक्षा कोषको रकम उत्पादनमुलक र पूर्वाधार क्षेत्रमा लगानी गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सामाजिक सुरक्षा कोषको रकम उत्पादनमुलक र पूर्वाधार क्षेत्रमा लगानी गरिने बताए।

उनले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरालाई बिस्तार गर्दै सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने बताए। उनले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा बिस्तार गर्दै, सामाजिक सुरक्षा कोषलाई दिगो र प्रतिफलमुखी बनाउन कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाइने बताए ।

उनले कोषको रकम कामदारको स्वास्थ्य उपचार, सन्ततिको शिक्षा तथा परिवारको बीमा, व्यवसाय सञ्चालन र व्यावसायिक सीपसम्बन्धी तालिम सञ्चाालनमा उपयोग गरिने बताए । त्यस्तै सरकारले सबै प्रकारका सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरी बजारमा स्वस्थ प्रतिष्पर्धा कायम गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री महतले दुर्गम तथा ग्रामीण क्षेत्र लगायत मुलुकभर अत्यावश्यक वस्तुको सहज र निर्वाध आपूर्ति सुनिश्चित गर्न उत्पादन, भण्डारण र वितरण प्रणालीमा सुधार गरिने बताए। उनले शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, यातायात लगायत आधारभुत सेवाको गुणस्तरीयता सुनिश्चित गरिने बताए । उनले उपभोक्ताको हीत संरक्षण गर्न सम्वन्धित निकायलाई सशक्त बनाई बजार अनुगमन तथा नियमनलाई सुदृढ गरिने समेत बताए।

उनले सरकारले देशभर उपलब्ध अत्यावश्यक खाद्य पदार्थ उत्पादन, मौज्दात तथा आपूर्तिको अद्यावधिक सूचना प्राप्त हुने प्रणाली विकास गर्ने बताए। उनले सहुलियत मूल्यमा खाद्य वस्तु बिक्री वितरण गर्ने पसल सञ्चालन गर्न सहकारी संस्थालाई प्रोत्साहित गरिने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved