कांग्रेस आलोचनाबाट डराउँदैन : सभापति देउवा

नेपालभ्युज

कांग्रेस आलोचनाबाट डराउँदैन : सभापति देउवा

काठमाडौं।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताएका छन्।

उचित आलोचनाले काम गर्न झन उत्साह बढाउने तथा केही समस्या भए करेक्सन गर्न सकिने भएकाले पनि आफ्नो पार्टी आलोचनाबाट नडराउने उनको तर्क थियाे। नेपाल प्रेस युनियनको ३२औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणको काममा एकजुट भएर लाग्नुपर्ने आवश्यक्ता पनि औंल्याए।

प्रजातन्त्रको खिलापमा एकथरी लागि परेको उल्लेख गर्दै उनले त्यसको सुदृढीकरणमा सबै राजनीतिक दलहरू लाग्नुपर्ने बेला आएको बताए।

उनले भने, ‘आलोचनाबाट डराउनुपर्ने कुरा छैन कांग्रेसले । डराउनदैन पनि । कतिपय उचित आलोचनाहरू हुन्छन् । त्यसले आगामी दिनमा काम गर्न अझ आलोचनाले कामहरू गर्न झन उत्साह हुन्छ । केही समस्या भए करेक्सन पनि हुन्छ । त्यसकारणले केही समस्या भए समाधान गर्न पनि सहज हुन्छ आलोचनाले।’

त्यस अवसरमा सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणमा योगदान पुर्‍याएको भन्दै नेपाल प्रेस युनियनको पनि प्रशंसा गरे।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले श्रमजीवि पत्रकारहरूको पेशागत सुरक्षाका लागि अभियाननै सञ्चालन गर्नुपर्ने आवश्यक्त औंल्याउँदै त्यसमा साथ दिन सबै सञ्चार संबद्ध संघ, संगठनहरुलाई आह्वान गरे। उनले ठूलो लगानीका सञ्चार गृहहरूले समेत श्रमजीवि पत्रकारहरूलाई अन्य विकल्प खोज्न दबाब दिएको उल्लेख गर्दै त्यसको विरुद्ध डटेर मुकाविला गर्नुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved