काठमाडौं। अहिले मध्य पूर्वमा मात्र नभएर दुनियाँ भरमा चर्चामा छ, जोर्डनका युवराज हुसेन बिन अब्दुल्लाह र साउदी आर्किटेक्ट रजवा अल सैफबीचको बिहे। उनीहरुबीच जुन १ तारिखमा विवाह हुँदैछ।
गत अगस्ट १० मै मा यो जोडीको विवाहको कुरा छिनिएपछि चर्चा चुलिएको थियो। विवाह पूर्वका शाही समारोहका झलक सामाजिक सञ्जालमा आकर्षणको केन्द्र बनेका छन्। यो जोडीको विवाहको कुरा गत अगस्ट १० मै छिनिएको थियो।
१० जुनमा शाही विवाह तय भएलगत्तै जाेर्डनमा जोडतोडले तयारी भइरहेको छ। विवाहको दिन जोर्डनमा सार्वजनिक विदाको घोषणा गरिएको छ।
विवाहका लागि विश्वभरबाट पाहुना बोलाइएको छ। राजधानी अम्मानमा अरबी क्षेत्रका गायकहरुले कन्सर्ट गर्ने छन्।
२८ जुन, १९९४ मा जन्मेका जोर्डनी युवराज हुसेन, राजा अब्दुल्लाह द्वितीय र रानी रानयाका जेठा छोरा हुन्। हुसेनका १ भाइ र २ बहिनी छन्।
हुसेनसँग विवाह गर्न लागेकी रजवा साउदी व्यापरिक घराना अल सैफ ग्रुपका अध्यक्ष खालिदकी कान्छी छोरी हुन्। उनी हुसेन भन्दा मात्र २ महिना कान्छी हुन्।
Facebook Comment
Comment