मुम्बई। बलिउड अभिनेता तथा मोडल आदित्य सिंह राजपूत सोमबार मृत भेटिएका छन् । ‘मैंने गान्धीको नही मारा’ र ‘क्रान्तिवीर’ जस्ता फिल्मका अभिनेता आदित्य मुम्बईको अँधेरीस्थित आफ्नै घरको बाथरुममा मृत भेटिएका हुन् ।
यद्यपि, उनको मृत्युको कारण के हो भन्ने हालसम्म खुल्न सकेको छैन । आदित्यको निधनपछि फिल्म जगतमा सन्नाटा छाएको छ ।
आदित्यका साथी र भवनको सुरक्षागार्डले आदित्यलाई तुरुन्त अस्पताल पुर्याए पनि डाक्टरले उनलाई मृत घोषित गरेका थिए। प्रहरीले आदित्यको निधनको कारण लागुऔषधको ओभरडोज हुनसक्ने अनुमान लगाएको छ ।
आदित्यले १७ वर्षको उमेरमा मनोरञ्जन क्षेत्रमा करियर सुरु गरेका थिए । उनले करिब ३ सय बढी विज्ञापनमा काम गरेका छन् । उनी केही समय यता एक प्रोडक्सन हाउसमा जोडिएका थिए र कास्टिङको काममा बढी ध्यान दिइरहेका थिए ।
Facebook Comment
Comment