भेरी नदीमा डुबेर एक बालकको मृत्यु

नेपालभ्युज

 भेरी नदीमा डुबेर एक बालकको मृत्यु

जाजरकोट। जाजरकोटको भेरी नगरपालिका १ काले गाउँ स्थित भेरी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

नलगाड नगरपालिका ८ का बर्ष १५ का विवेक वि.क. को नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।  सोमवार  दिउँसो ४ बजे तिर साथी सँग पौडी खेल्न भेरीमा गएका उनको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

नदीमा डुबेका बालकको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल जाजरकोटमा पुर्‍याइएको थियो । जाजरकोटका डिएसपी सन्तोष रोकाले उद्धार गरेर अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved