ट्रान्समिटर परिवर्तन गर्ने क्रममा एक जनाको ज्यान गयो

नेपालभ्युज

ट्रान्समिटर परिवर्तन गर्ने क्रममा एक जनाको ज्यान गयो

चितवन। चितवनको भरतपुर २५ शुक्रनगरमा विद्युत् ट्रान्स मिटर परिवर्तन गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आइतबार अपराह्न भरतपुर २५ शुक्रनगरमा विद्युत् ट्रान्समिटर परिवर्तन गर्ने क्रममा  विद्युत् कर्मचारीलाई सहयोग गर्ने एक जना कामदारको करेन्ट लागेर मृत्यु भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा प्रभात जल उपभोक्ता समिति, भरतपुर २५ शुक्रनगरमा काम गर्ने बाँके जानकी गाउँपालिका २ घर भएका वर्ष २० को देसराज कोरी रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved