अदालतसँग सेटिङ नहुने मान्छे जेलमा छन् : वरिष्ठ अधिवक्ता संग्रौला

नेपालभ्युज

अदालतसँग सेटिङ नहुने मान्छे जेलमा छन् : वरिष्ठ अधिवक्ता संग्रौला

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरी आन्दोलनरत नेपाल बार एशोसिएसनले अदालत सेटिङमा चलेको आरोप लगाएको छ। सोमबार बारको आन्दोलनमा वकिलहरूलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले अदालतमा बेथिति बढेको बढाउँदै पैसा हुनेले न्याय खरीद बिक्री गरेको आरोप लगाए।

उनले सेटिङमा चल्न नसकेका पैसा नहुने गरीबहरू जेल चलान भएको बताउँदै गरीबको न्यायका लागि बारले आन्दोलन गरिरहेको बताए। बेञ्चमा प्रहरी राखेर बहस गर्ने अवस्था आउनु दुर्भाग्य भएको बताउँदै संविधान र लोकतन्त्रको रक्षाका लागि बारले आन्दोलन गरिरहेको बताए।

कानून व्यवसाय सबैभन्दा मर्यादित पेशा भएकाले पार्टीको भागबण्डाले हुने नियुक्ति गलत भएको उनको भनाइ थियो। मर्यादामा प्रश्न उठेकाले पदीय मर्यादा राख्न प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने उनले बताए। ‘‘प्रधानन्यायाधीशलाई अन्याय भएको रहेछ भने ईतिहासले न्याय दिलाउनेछ,” उनले भने, ‘‘तपाईं राजीनामा दिनुहोस् म तपाईंलाई माला लगाएर यो गेटबाट बाहिर निकाल्छु।”

बारको आन्दोलनमा मुर्दाबाद भनेर असभ्य शब्द प्रयोग नगर्न उनले अनुरोध गरेका थिए। उनले घुस नखुवाई फैसला नभएका जाहेरी वास्तविकता खुलाउन बारले बाहिर ल्याउनुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved