सुर्खेत। राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नेपाललाई हिन्दू राज्य बनाउन विभिन्न दलका नेता, विशेषगरी राजा र राप्रपाले विदेशीहरूबाट पैसा खाइरहेको बताएका छन् । जनमोर्चा सुर्खेत जिल्लाद्वारा आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव भट्टले उच्च पदस्थ सबै व्यक्तिहरू भारतलगायतका देशहरूको प्रभावमा नियुक्त हुने विषयमा अहिले पैसा खाइरहेको बताएका हुन् ।
नेपाललाई हिन्दू राज्य बनाउन विभिन्न दलका नेता, विशेषगरी राजा र राप्रपाले विदेशीहरूबाट पैसा खाइरहेको महासचिव भट्टले आरोप लगाए। अमेरिकी सामाज्यवाद विरुद्धको अभियानका क्रममा सुर्खेत पुगेका महासचिव भट्टले सन् १९५० मा नेपालमा ५० जना क्रिश्चियन र दुई चर्च भएकोमा हाल नेपालमा १७ हजार चर्च र ३० लाख भन्दा बढी क्रिश्चियनहरू हुनुमा अमेरिकी साम्राज्यवादी नीतिको परिणाम भएको उनले बताए ।
‘अमेरिकी साम्राज्यवादी नीतिविरुद्ध जनतालाई सचेत गराउन १५ दिने अभियान थालिएको छ ।’ उनले भने, ‘हामीले जेठ १–१५ गतेसम्मको देशैभरि पुग्नेगरी अभियान सुदूरपश्चिम र बाग्लुङबाट थालेका छौं ।’
एमसीसीका नाममा अमेरिकाले नेपालमा आफ्नो प्रभाव बढाइरहेको र हिन्द प्रशान्त रणनीतिमा संलग्न गराउन बाध्य पार्न खोजेको भन्दै महासचिव भट्टले बताए । ‘नेपालको अस्तित्वमा नै खतरामा जान थालेको छ ।’ उनले भने,‘अमेरिकी साम्राज्यवादका विरुद्ध नेपाली जनता जाग्नुपर्ने र राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकी गुप्तचर संस्थाको इसारामा बनेको हो ।’
Facebook Comment
Comment