थाइल्याण्डमा निर्वाचन : नयाँ दल ‘मुभ फरवार्ड’ पहिलो स्थानमा

पहिलो स्थान हासिल गरेको भुम फरवार्ड पार्टी सन् २०१४ को सैनिक हस्तक्षेपको विरोध गर्दै आएको समूहको विकसित रुप हो । यो प्रगतिशील–लोकतान्त्रिक धारको दल हो । यो दलले सैनिक शासनविरुद्ध सन् २०१९ मा भएको जनान्दोलनको नेतृत्व गरेको थियो ।

नेपालभ्युज

थाइल्याण्डमा निर्वाचन : नयाँ दल ‘मुभ फरवार्ड’ पहिलो स्थानमा

काठमाडौं । दक्षिणपूर्वी एशियाली राष्ट्र थाइल्याण्डमा ९ वर्षपछि भएको आम निर्वाचनमा नयाँ दल ‘भुम फरवार्ड पार्टी’ पहिलो स्थानमा आएको छ । मे ४ मा भएको आम निर्वाचनमा यस पार्टीले प्रत्यक्ष तर्फ ११३ र समानुपातिक तर्फ ३९ सहित १५२ सिट जितेर  पहिलो भएको हो । पार्टीले ३८.६७ प्रतिशत लोकप्रियत मत हासिल गरेको छ ।

दोस्रो स्थानमा भने थाइल्याण्डको पुरानो राजनीतिक घराना सिनावात्रा परिवारको नेतृत्वमा रहेको फिउ थाइ पार्टी देखिएको छ । यस पार्टीले प्रत्यक्ष तर्फ ११२ र समानुपातिक सुचीबाट १४१ सिट पाएको छ । २९.३७ प्रतिशत मात्र लोकप्रिय मत हासिल गरेको छ ।

त्यसै गरी तेस्रो स्थानमा पनि ‘युनाइटेड थाइ नेसन पार्टी’ नामक बिल्कुलै नयाँ दलको उदय भएको छ । यस पार्टीले प्रत्यक्ष तर्फ २३ र समानुपातिक तर्फ १३ गरी ३६ सिट जितेको छ । यो दलले १२.६३ प्रतिशत मत पाएको छ । अन्य साना ४ नयाँ दलले १० सिट जितेका छन् ।

थाइ प्रतिनिधिसभामा ४०० प्रत्यक्ष र १०० समानुपातिक गरी ५०० सदस्य हुन्छन् । यहाँ सन् २०१४ यता सैनिक पृष्ठभूमिको सरकार चल्दै आएको थियो । तेस्रो स्थानमा आएको नयाँ दल ‘युनाइटेड थाइ नेसन पार्टी’ भने सैन्य समर्थित वर्तमान प्रधानमन्त्री जर्नेल प्रयुत्त चाउ ओ चा समर्थक हो ।

पहिलो स्थान हासिल गरेको भुम फरवार्ड पार्टी भने सन् २०१४ को सैनिक हस्तक्षेपको विरोध गर्दै आएको समूहको विकसित रुप हो । यो प्रगतिशील–लोकतान्त्रिक धारको दल हो । यो दलले सैनिक शासनविरुद्ध सन् २०१९ मा भएको जनान्दोलनको नेतृत्व गरेको थियो ।

यो पार्टीको नेतृत्व ४२ वर्षिय युवा व्यवसायी पिटा लिम्जाओइरान्टले गरिरहेका छन् । सरकार गठनका लागि पहिलो स्थानमा भएको भुम फरवार्डसहित ७ लोकतान्त्रिक धारका विपक्षी दलले प्रयत्न गरिरहेका छन् । प्रस्तावित गठबन्धन सफल भएमा ३१३ सिट पुग्नेछ । थाइल्याण्डको सेनाद्वारा निर्मित संविधानमा २५० सिटको सिनेट हुन्छ र सरकार गठन गर्न सिनेट सदस्यलाई समेत मतदान गर्ने अधिकार दिइएको छ । तसर्थ सरकार गठन गर्न ३७६ भोट चाहिन्छ ।

सिनेटका अधिकांश सदस्य सेनाको सिफारिसमा नियुक्त हुने हुँदा निर्वाचित दलले सरकार गठन गर्न सक्ने वा नसक्ने अझै अनिश्चित छ । थाइल्याण्डक राजावादी तथा सैन्य समर्थक शक्तिले निर्वाचित लोकतन्त्रवादी दललाई सरकार गठन गर्न दिन्छन कि दिँदैनन, अझै अस्पष्ट छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved