३ सय ३० जना सगरमाथाको चुचुरोमा, हिमाल आरोहरणको रोयल्टीवापत ७६ करोड रुपैयाँ संकलन

२८ हिमाल आरोहणका लागि ८० देशका एक हजार १७६ जनाले अनुमति लिएका छन् । सरकारले यस पटक आरोहण अनुमतिबाट ७६ करोड ५७ लाख रुपियाँ सलामी दस्तुरबापत राजस्व सङ्कलन गरेको छ ।

नेपालभ्युज

३ सय ३० जना सगरमाथाको चुचुरोमा, हिमाल आरोहरणको रोयल्टीवापत ७६ करोड रुपैयाँ संकलन
फाइल फोटो

काठमाडौं।  वसन्त ऋतुमा आरोहणका क्रममा अहिलेसम्म ३ सय ३० जना ले सगरमाथा आरोहण गरेका छन् ।

विभागका निर्देशक युवराज खतिवडाका अनुसार बिहीबार अबेरसम्म ३३० जनाभन्दा बढीले आरोहण पूरा गरेका छन् । शुक्रबार बिहान पनि केही आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् तर त्यसको विवरण प्राप्त भएको छैन ।

गत शनिबारबाट सुरु भएको यस वर्षको सगरमाथा आरोहणका लागि ६५ देशका ४७८ आरोहीले अनुमति लिएका थिए ।

पर्यटन विभागका अनुसार आरोहणको बाटो खुलेसँगै विभिन्न एजेन्सीमार्फत आरोहीले सगरमाथा आरोहण जारी राखेका छन् । बिहीबार सगरमाथा क्षेत्रको मौसम प्रतिकूल बनेपछि २५ जना आरोहीले विभिन्न शिविरबाट उद्धार गरेर आधार शिविर ल्याइएको छ

निर्देशक खतिवडाका अनुसार यस सिजनमा सगरमाथा आरोहणका क्रममा सात जना आरोहीले ज्यान गुमाएका छन् ।

विभागका अनुसार यस सिजनमा सगरमाथासहित २८ हिमाल आरोहणका लागि ८० देशका एक हजार १७६ जनाले अनुमति लिएका छन् । सरकारले यस पटक आरोहण अनुमतिबाट ७६ करोड ५७ लाख रुपियाँ सलामी दस्तुरबापत राजस्व सङ्कलन गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved