कृष्ण कँडेलले मन्त्रीलाई भेटेर मागे दोहोरी गीत प्रतिष्ठानलाई ५८ करोड बजेट

बुधबार अर्थमन्त्री डा. प्रकाशशरण महत, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङलाई प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरको नेतृत्वको टोलीले भेटेर यस्तो आग्रह गरेको हो।

नेपालभ्युज

कृष्ण कँडेलले मन्त्रीलाई भेटेर मागे दोहोरी गीत प्रतिष्ठानलाई ५८ करोड बजेट

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आगामी आर्थिक वर्षमा आफ्ना लागि आधा अर्ब बढी बजेट छुट्टाउन माग गरेको छ।

बुधबार अर्थमन्त्री डा. प्रकाशशरण महत, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङलाई प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरको नेतृत्वको टोलीले भेटेर यस्तो आग्रह गरेको हो।

टोलीमा चर्चित युट्युबर तथा कलाकार कृष्ण कँडेल पनि थिए। लोकदोहोरी क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा रकम विनियोजन गर्न भन्दै प्रतिष्ठानले ज्ञापनपत्र समेत बुझाएको छ।

२०८० सालको खर्च विवरण समेत पेश गर्दै प्रतिष्ठानले राष्ट्रिय लोक सांस्कृतिक संग्रहालय निर्माणका लागि ५५ करोड, अग्रज स्रष्टा सांगीतिक एकल साँझका लागि ५० लाख, दोहोरी रनिङ शिल्ड प्रतियोगिताको लागि ७५ लाख, लोक सांस्कृतिक महोत्सवका लागि एक करोड र तीज उत्सवका लागि ३५ लाख रुपैयाँ विनियोजन गर्न आग्रह गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved