बागलुङको दमेकमा तामाखानीको अध्ययन सुरु

नेपालभ्युज

बागलुङको दमेकमा तामाखानीको अध्ययन सुरु

बागलुङ।  बागलुङको जैमिनी नगरपालिका–३ दमेकको कालापातालमा तामा उत्खननका लागि प्रारम्भिक अध्ययन सुरु गरिएको छ । खानी विभागको अनुमतिमा मोहङ मिनीरल्स र शुभम् ग्रुपले तामा उत्खननका लागि प्रारम्भिक अध्ययन थालेका हुन् ।

यहाँ यसअघि तामाको उत्खनन हुने गरेका तथ्यका आधारमा प्रारम्भिक अध्ययन सुरु गरिएको वडाध्यक्ष कृष्ण भुजेलले बताए । तामाको सम्भाव्यताबारे खानी विभाग र अनुमतिप्राप्त कम्पनीलाई जानकारी गराइएको थियो । खानीको अध्ययन गरिरहेका दुवै कम्पनीका इञ्जिनियरको समूहले काम थालेको हो।

“यो प्रारम्भिक अध्ययन हो, यहाँ तामा रहे-नरहेको विषयमा खोजी गर्छौं”, शुभम् ग्रुपका निर्देशक अशोक विकले भने, “प्रारम्भिक अध्ययनको प्रतिवेदनपछि अन्य प्रक्रिया थाल्छौँ ।” प्रारम्भिक अध्ययनका लागि झण्डै ६ महिना लाग्ने उनले बताए ।

बागलुङकै तित्याङमा तीन वर्षअघि प्रारम्भिक अध्ययन थालेको शुभम् ग्रुपले कोरोना महामारीमा चीनबाट आएको प्राविधिक टोली फर्किएपछि अध्ययन रोकेको थियो । तित्याङमा अध्ययन सकिएकाले दोस्रो चरणको खानी अध्ययन र वातावरणीय परीक्षणको काम सुरु हुने विकले बताए ।

ग्रुपले म्याग्दीको ओखरबोटमा पनि तामाखानीको अध्ययन गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved