काठमाडौँ। महाधिवेशनका विषयमा छलफल गर्न बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ढिलो गरी ५ बजेपछि शुरु भएको हो। सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बैठक शुरु भएको हो।
पार्टी केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यता विवादका कारण केही जिल्लाका नेताहरु अनसन बसेका कारण सभापति देउवाले आफ्नै निवासमा बैठक सारेका हुन्। अनसन बसेका कार्यकर्तासँग भेट हुने भएपछि उनले बैठक स्थल सारेका हुन्।
आगामी मंसिरको अन्तिम साता पार्टीको १४ औँ महाधिवेशनको मिति तोकिएको छ। त्यसका लागि वडा अधिवेशन, स्थानीय तह अधिवेशन र क्षेत्रीय तथा जिल्ला अधिवेशनहरू भइरहेका छन्।
Facebook Comment
Comment