धेरै बिमा कम्पनीलाई लाइसेन्स दिने कदम ठीक भएन : अर्थमन्त्री महत

नेपालभ्युज

धेरै बिमा कम्पनीलाई लाइसेन्स दिने कदम ठीक भएन : अर्थमन्त्री महत

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा धेरै बिमा कम्पनीलाई लाइसेन्स दिने सरकारको कदम ठीक नभएको बताएका छन् ।

प्राधिकरणको अगुवाइमा बिमा कम्पनीहरू मर्जरमा जानु आवश्यक भएको उल्लेख गर्दै उनले बिमा क्षेत्र प्रतिष्पर्धी, परिणाममुखी र स्वस्थ हुन जरुरी रहेको बताए । अर्थमन्त्री महतले धेरै बिमा कम्पनीलाई लाइसेन्स वितरण गरिएको भन्दै अब कोर्ष करेक्शन जरुरी रहेको बताए ।

उनले बिमामा धेरै क्षेत्रलाई समेट्नुपर्ने भन्दै नियामक निकायले व्यवसायिक हैसियत देखाउन जरुरी रहेको बताए । अर्थमन्त्री महतले स्वास्थ्य बिमाको समानान्तर चलिरहेको उल्लेख गर्दै यसलाई कसरी एउटै छाताभित्र ल्याउने भन्ने चुनौती रहेको बताए ।

उनले राजनीतिक स्तरबाट नियामककारी निकायमा हस्तक्षेप गर्ने प्रवृत्तिका कारण पनि कतिपय व्यवसायिकतामा ह्रास आइरहेको उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved