किन खानु हुँदैन काँचो पनिर ?

नेपालभ्युज

किन खानु हुँदैन काँचो पनिर ?

एजेन्सी। पनिरलाई प्रोटिन, भिटामिन तथा मिनरल्सहरूको एउटा राम्रो स्रोत मानिन्छ । जुन स्वास्थ्यका लागि निकै फाइदाजनक छ । साथै, काँचो पनिरले शरीरलाई केही यस्ता समस्याहरू पनि निम्त्याउने गर्छ। आउनुहोस् जानौं काँचो पनिर खाँदा हुने स्वास्थ्यसम्बन्धी समस्याहरूका बारेमा ।

वान्ता हुनु

काँचो पनिर प्रोटिनको राम्रो स्रोत हो जसले गर्दा अत्यधिक सेवन गर्दा पाचन सम्बन्धी समस्याहरू निम्तिन सक्छ । सही तरिकाले पनिर नपच्नुका कारण अपचको समस्या हुन्छ जसले गर्दा वान्ता हुने समस्या आउन सक्छ ।

उच्च रक्तचापको समस्या

काँचो पनि अत्यधिक सेवन गरेमा रक्तचापमा प्रभाव पनि पर्न सक्छ । काँचो पनिरमा कैयौं त्यस्ता तत्वहरू पाइन्छन् जो उच्च रक्तचापको कारण पनि बन्न सक्छन् । उच्च रक्तचापको समस्या छ भने काँचो पनिर भुलेर पनि सेवन नगर्नुहोस् ।

भाइरल संक्रमणको समस्या

काँचो पनिरको अत्यधिक सेवन गर्दा भाइरल इन्फेक्सनको समस्या पनि हुन सक्छ । काँचो पनिरमा कैयौं प्रकारका ब्याक्टेरिया तथा फंगस पनि हुन्छन् जो भाइरल इन्फेक्सनको समस्याका कारण बन्न सक्छन् ।

पाचनसँग जोडिएको समस्या

कब्जियत तथा एसीडीटीको समस्या भइरहेको छ भने काँचो पनिर खाने गल्ती गर्नुहुँदैन । काँचो पनिरलाई पच्न समय लाग्ने भएकाले कब्जियत र एसीडीटीको समस्या अझै बढ्ने सम्भावना हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved