तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्यांकर चालक कारबाहीमा

नेपालभ्युज

तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्यांकर चालक कारबाहीमा

काठमाडौं। नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्यांकर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ ।

निगमबाट २० हजार लिटर पेट्रोलको खरिद आदेश लिएको सो ट्यांकरले इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट तोकिएको परिमाणभन्दा बढी पेट्रोल ल्याएको पाइएपछि चालक र सहचालकलाई सधैंका लागि पेट्रोलियम पदार्थ ढुवानीमा बन्देज लगाइएको हो ।

रुपन्देहीस्थित श्री एक्सप्रेस परिवहन सेवा प्रालिले सञ्चालनमा ल्याएको उक्त ट्यांकरलाई तीन महिनाका लागि निलम्बन गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । निगमले पेट्रोलियम चोरी पैठारीमा संलग्न ट्यांकरको ढुवानी भाडा रोक्का राख्ने र २० हजार लिटर पेट्रोलको रकम असुल गर्ने निर्णयसमेत गरेको छ ।

लु.२ख ४८३९ नम्बरको सो ट्यांकरले निगमसँग सम्झौता गरी बेतलापुर-भैरहवा रुटमा पेट्रोल ढुवानी गर्ने गरेको थियो । आईओसीबाट पेट्रोल ल्याउने क्रममा भैरहवा भन्सार कार्यालयमा जाँच गर्दा आईओसीबाट जारी भएको खरिद बिलमा उल्लेखित परिमाणभन्दा तीन हजार लिटर बढी पेट्रोल ढुवानी गरेको पाइएको थियो ।

तोकिएभन्दा बढी पेट्रोल ढुवानी गरेको भेटिएसँगै उक्त ट्यांकरलाई भन्सार कार्यालयले नियन्त्रणमा लिइ पेट्रोल चोरीपैठारी कसुरमा कारबाही अगाडि बढाएको छ । नेपालमा भन्दा भारतमा पेट्रोलको मूल्य सस्तो भएकाले सो ट्यांकरले चोरीपैठारी गरेका हुनसक्ने निगमको अनुमान छ ।

रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved