बार्सिलोना बन्यो ला लिगाको च्याम्पियन

नेपालभ्युज

बार्सिलोना बन्यो ला लिगाको च्याम्पियन

एजेन्सी। बार्सिलोना स्पेनिस ला लिगा सिजन २०२३ को च्याम्पियन बनेको छ । गएराती स्पान्योललाई ४–२ ले पराजित गर्दै बार्सिलोना चार खेल बाँकी छँदै ला लिगाको च्याम्पियन बनेको हो । बार्सिलोनाले ४ वर्षपछि ला लिगाको उपाधि जितेको हो ।

आरसिडिई स्टेडियममा गएराति भएको खेलमा बार्सिलोनाको लागि रोबर्ट लेवान्डोस्कीले दुई तथा एलेक्स बाल्डे र जुल्स कुन्डेले समान एक गोल गरे । घरेलु टोली स्पान्योलका जेभिएर पुएडो र जोसेलुले गोल फर्काए ।

यस जितसँगै बार्सिलोनाले ३४ खेलबाट ८५ अंक पुगेको छ । बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडलाई १४ अंकले पछि पारेको छ । अब बार्सिलोनाले सबै खेल हारेपनि र रियलले सबै खेल जितेपनि बार्सिलोना नै च्याम्पियन बन्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved