काठमाडौं । नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा मुछिएकी कांग्रेस नेतृ एवम् सांसद मन्जु खाण सम्पर्कविहीन भएकी छन् । पूर्वगृहमन्त्रीसमेत रहेका श्रीमान् बालकृष्ण खाण पक्राउ परेपछि मन्जु सम्पर्कविहीन भएकी हुन । उनको फोनसमेत अफ छ । मन्जु संसद्मा पनि उपस्थित छैनन् ।
नक्कली शरणार्थी प्रकरणमा उनले पनि साढे ६ करोड रुपैयाँ बिचौलियाबाट लिएको अडिओ केही दिनअघि सार्वजनिक भएको थियो । उनीसँगै कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजू राणाले पनि अढाइ करोड रुपैयाँ बुझेको विवरण उक्त अडिओमा समावेश थियो ।
त्यही प्रकरणमा मुछिन पुगेपछि मन्जु सम्पर्कविहीन भएकी हुन् । यो प्रकरणमा हालसम्म १२ जना पक्राउ परिसकेका छन् ।
पक्राउ पर्नेहरूमा खाणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी, सरकारका सचिव टेकनारायण पाण्डे, गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, सानु भण्डारी, सन्देश शर्मा, सागर थुलुङ राई, केशव दुलाल, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरी छन् ।
Facebook Comment
Comment