नक्कली शरणार्थी काण्ड चर्किएको बेला गृह सचिव हेरफेर

नेपालभ्युज

नक्कली शरणार्थी काण्ड चर्किएको बेला गृह सचिव हेरफेर

काठमाडौं । सरकारले गृह मन्त्रालयको सचिव हेरफेर गरेको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव  दिनेश भट्टराईलाई  गृह मन्त्रालयमा  पठाएको छ ।

अहिले गृह सचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको हो ।

नक्कली भुटानी शरणार्थी काण्डमा पूर्व गृहमन्त्री बालकृष्ण खाण नै पक्राउ परेको र पूर्व उपप्रधानमन्त्री तथा एमालेका सचिव टोप बहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको अवस्थामा गृह सचिव फेरबदल हुनुलाई महत्वका साथ हेरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved