अर्घाखाँची आगलागी: मृतकको संख्या चार पुग्यो, गाउँ शोकमा

नेपालभ्युज

अर्घाखाँची आगलागी: मृतकको संख्या चार पुग्यो, गाउँ शोकमा
सांकेतिक तस्वीर

अर्घाखाँची। अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर ज्यान गुमाउनेको संख्या ४ जना पुगेको छ ।

आगलागीमा परेर घाइते भएका ३६ वर्षीय माधव वेल्वासेको पनि उपचारको क्रममा काठमाडौंको कीर्तिपुर अस्पतालमा ज्यान गएको छ ।

भुमिकास्थान नगरपालिकामा २ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा लागेको आगो निभाउने क्रममा घाइते भएकामध्ये ४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पाल्पाको मिसन अस्पतालबाट काठमाडौं ल्याउने क्रममा गएराति नै उपचारको क्रममा  भुमिकास्थान  २ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर वेल्वासे, ५५ वर्षीय पदम वेल्वासे र  ५२ वर्षीय घनश्याम वेल्वासेको मृत्यु भइसकेको छ ।

आगो निभाउने क्रममा ४ जनाको ज्यान गएपछि तिरतिरे खोला गाउँ शोकमा डुबेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved