टेक्सासमा आप्रवासीहरूको भीडमा गाडी ठोक्किँदा ८ जनाको मृत्यु, ११ घाइते

नेपालभ्युज

टेक्सासमा आप्रवासीहरूको भीडमा गाडी ठोक्किँदा ८ जनाको मृत्यु, ११ घाइते

काठमाडौं। टेक्सासको ब्राउन्सभिलमा आइतबार एउटा गाडी भीडमा ठोक्किँदा आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरू सबै आप्रवासी भएको विश्वास गरिएको छ ।

सो दुर्घटनामा कम्तीमा ११ जना घाइते भएको पनि अमेरिकामा आधारित फक्स न्युजले उल्लेख गरेको छ।

विभिन्न समुदायका आप्रवासी र घरबारविहीन व्यक्तिको लागि आश्रयस्थलजस्तै बनेको ब्राउन्सभिलको ओजानम सेन्टरनजिकै रहेको बस स्टपमा एउटा कार भीडमा कुदेको थियो । ब्राउन्सभिल एक सीमावर्ती शहर हो जहाँ मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीहरूको बसाइँ रहेको छ।

प्रहरीले चालकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । अहिले दोषीलाई हिरासतमा लिइएको र घाइतेलाई क्षेत्रीय अस्पतालमा उपचार गराइरहेको छ ।

२४ घण्टा निगरानीमा रहेका चालकको बारेमा भने थप जानकारी दिइएको छैन।

-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved