भारतको केरलामा पर्यटक बोकेको डुंगा पल्टिँदा २२ यात्रुको मृत्यु

नेपालभ्युज

भारतको केरलामा पर्यटक बोकेको डुंगा पल्टिँदा २२ यात्रुको मृत्यु

काठमाडौं। भारतको केरला राज्यस्थित पर्यटकहरू बोकेको डुंगा पल्टिँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ। दुर्घटनामा कतिपय यात्रुहरू हराइरहेका छन् । आइतबार राति मालापुरम जिल्लामा भएको सो दुर्घटनामा मृतकको संख्या अझै बढ्नसक्ने स्थानीय अधिकारीहरूले बताएका छन् ।

क्षमताभन्दा बढी यात्रु बोकेका कारण डुंगा दुर्घटना भएको मालापुरम जिल्ला प्रहरीका कनिष्ठ सुपरिटेन्डेन्ट अब्दुल नजरले रोयटर्सलाई बताएका छन् । उक्त डुंगामा ५० जना यात्रु रहेको बताइएको छ । जुन डुंगाको क्षमताभन्दा दोब्बर यात्रु संख्या हो ।

उक्त दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पीडित परिवारमा समवेदना व्यक्त गरेका छन् । स्थानीय मिडियाका अनुसार दुर्घटनाको क्रममा कतिपय यात्रुहरू डुंगामुनि थिचिएर घाइते भएका छन् ।

घटनास्थलबाट कम्तीमा चार जनालाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ । र ती घाइतेहरूको अवस्था गम्भीर रहेको केरलाका खेलकुद तथा मत्स्यमन्त्री भी अब्दुराहिमानले बताएको बीबीसीको समाचारमा उल्लेख छ ।

साथै दुर्घटनाको क्रममा कति मानिस हराइरहेका छन् भन्ने यकिन भइसकेको छैन । तर उनीहरूको खोजी भइरहेको बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved