अमरेशकुमार संसद्मा नांगिदैगर्दा उनीविरुद्ध अख्तियारमा उजुरी दर्ता

प्रतिनिधिसभाका स्वतन्त्र सदस्य अमरेशकुमार सिंहले संसद्मा कपडा खोलेर अर्ध नग्न हुँदै विरोध जनाउँदैगर्दा उनीविरुद्ध अख्तियारमा उजुरी दर्ता भएको छ। विकास ठाकुरले अमरेशविरुद्ध सम्पत्ति छानबिनको माग गर्दै उजुरी गरेका हुन्।

नेपालभ्युज

अमरेशकुमार संसद्मा नांगिदैगर्दा उनीविरुद्ध अख्तियारमा उजुरी दर्ता

काठमाडौं। प्रतिनिधिसभाका स्वतन्त्र सदस्य अमरेशकुमार सिंहले संसद्मा कपडा खोलेर अर्ध नग्न हुँदै विरोध जनाउँदैगर्दा उनीविरुद्ध अख्तियारमा उजुरी दर्ता भएको छ। विकास ठाकुरले अमरेशविरुद्ध सम्पत्ति छानबिनको माग गर्दै उजुरी गरेका हुन्।

अमरेशले कपडा खोलेर विरोध जनाउँदै गर्दा उता टंगालस्थित अख्तियार कार्यालयमा पदीय शक्ति दुरुपयोग गर्दै भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध उजुरी पर्दै थियो। उनीविरुद्धको उजुरी नम्बर सी ०६०२८९ रहेको छ।

उनले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेर विभिन्न ठाउँमा घर घडेरी जोडेको आरोप छ। उनको सम्पत्ति छानबिन गर्न पनि माग गरिएको छ।
अमरेश नाङ्गिएपछि सभामुख देवराज घिमिरेले सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिएका थिए। विशेष समय नछुट्टाई सभामुख घिमिरेले नियमित कारबाहीमा जान्छौँ भनेपछि उनले कपडा खोलेर विरोध जनाएका थिए।

सोमबार दिउँसो भएको बैठकमा सांसदहरूलाई बोल्न विशेष समय नछुटाएपछि केही सांसद उठेर विरोध जनाएका थिए। उनले भने उठेकै क्रममा लगाइराखेको कपडा खोलेर विरोध जनाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved