टेक्सासको सपिङ मलमा गोली हानेर ९ जनाको हत्या

नेपालभ्युज

टेक्सासको सपिङ मलमा गोली हानेर ९ जनाको हत्या

एजेन्सी। अमेरिकाको टेक्सासको एक मलमा एक बन्दुकधारीले गोली प्रहार गरी किनमेल गरिरहेका ९ जनाको हत्या गरेका छन् ।

बन्दुकधारीले मानिसमाथि अन्धाधुन्ध गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । एलेन सहरमा रहेको मलबाट सुरक्षाकर्मीले सयौं मानिसलाई बाहिर निकालेका छन् । बन्दुकधारीले एक्लै यो काम गरेको प्रहरीको अनुमान छ ।

पीडितमध्ये केही बालबालिका पनि रहेको बताइएको छ । अस्पतालमा कम्तीमा सात जनाको उपचार भइरहेको छ, जसमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

गन भाइलेन्स आर्काइभका अनुसार यो वर्ष अमेरिकामा कम्तीमा १९८ गोलीबारीका घटना भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved