कंगोमा बाढी पहिरो : दुई सय भन्दा धेरैको मृत्यु

दक्षिणी किभु प्रान्तको कालेहे क्षेत्रमा बिहीबारदेखि परेको अविरल वर्षाका कारण नदीमा पानीको बहाव बढेको छ । पहिरोले दुई गाउँका पुरै घर भत्किएका छन् ।

नेपालभ्युज

कंगोमा बाढी पहिरो : दुई सय भन्दा धेरैको मृत्यु

एजेन्सी। प्रजातान्त्रिक गणतन्त्र कंगोमा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या २ सय नाघेको छ ।

दक्षिणी किभु प्रान्तको कालेहे क्षेत्रमा बिहीबारदेखि परेको अविरल वर्षाका कारण नदीमा पानीको बहाव बढेको छ । पहिरोले दुई गाउँका पुरै घर भत्किएका छन् ।

यसै पनि गरिबीले सताएको गाउँमा बाढी पहिरोले ठूलो क्षति पुर्‍याएपछि अवस्था अत्यन्तै दयनीय बनेको छ । कङ्गोली डाक्टर र नोबेल शान्ति पुरस्कार विजेता डेनिस मुक्वेगेले आफूले मद्दतको लागि मेडिकल टोली पठाएको बताए।

दुई दिनअघि छिमेकी मुलुक रुवाण्डामा आएको बाढीमा परी १३० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved