कङ्गोमा बाढीका कारण एक सयभन्दा बढीको मृत्यु

नेपालभ्युज

कङ्गोमा बाढीका कारण एक सयभन्दा बढीको मृत्यु

एजेन्सी। पूर्वी कङ्गोको दक्षिणी किभु प्रान्तमा रातभर परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

क्षेत्रीय सरकारी अधिकारी थोमस बेकेन्गेले कालेहेको प्रभावित क्षेत्रको निरीक्षण गरेपछि सोबारे जानकारी दिएका हुन् । उनले नजिकैको किभु तालको किनारबाट शव सङ्कलन भइरहेको पनि बताएका छन् ।

बिहीबार साँझबाट शुरु भएको भारी वर्षापछि दुईवटा नदीले आफ्नो किनार तोडेर विनास मच्चाएका छन् । त्यसैगरी, पहिराले सयौं घरहरू ध्वस्त भएका छन् भने अन्य ठूलो धनजनको क्षति भएको बताइएको छ ।

न्यामुकुबी गाउँका ७५ प्रतिशतभन्दा बढी घरहरू बाढीले बगाएको स्थानीय बासिन्दाले अनुमान गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved