वडा र नगर अधिवेशन फेरि नगरे अनसन बस्छौं : डडेलधुरा कांग्रेस सभापति

नेपालभ्युज

वडा र नगर अधिवेशन फेरि नगरे अनसन बस्छौं : डडेलधुरा कांग्रेस सभापति

काठमाडौं। नेपाली कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लले जिल्लाका वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरूको माग सम्बोधन नभए मंसीर १ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा अनसन र धर्नामा बस्ने चेतावनी दिएका छन्।

सभापति कर्णले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी अब बस्ने पार्टीको केन्द्रीय कार्य समितिले आफूहरूको माग सम्बोधन नगरे केन्द्रीय कार्यालयमै धर्ना र अनसनमा बस्न बाध्य हुने चेतावनी दिएका हुन्।

लिखित रुपमै केन्द्रीय निर्वाचन समिति र सभापति शेरबहादुर देउवालाई उजुरी गर्दा पनि त्यसको सुनुवाई नभई सत्ता र शक्तिको दूरुपयोग गरी वडा अधिवेशन र पालिका अधिवेशन गरिएकोमा उनले आक्रोश व्यक्त गरे। सप्रमाण उजुरी मात्रै नगरेर ११ दिनसम्म डडेलधुरा पार्टी कार्यालयमा अनसन पनि बसेको उनले बताए। जसमा डडेलधुराका हजारौं पार्टी कार्यकर्ता र केन्द्रीय नेताले समेत ऐक्यवद्धता जनाएपनि माग सम्बोधन नभएको उनले बताए। सीघ्र माग सम्बोधन नभए मंसीर १ गतेदेखि केन्द्रीय कार्यालय सानेपामा धर्ना र अनसनका कार्यक्रम अगाडि बढाउने उनले बताए।

सभापति मल्लले केन्द्रीय निर्वाचन समितिले सभापति देउवाको निर्देशनमा आफूहरूको मागको सुनुवाई समेत नगरेको आरोप लगाए।  क्रियाशील सदस्यताको विवाद समाधान नभई आफ्नो जिल्लामा गरिएका वडा तथा पालिका अधिवेशनहरू मान्य नहुने उनको भनाइ थियो।

नेपाली कांग्रेसको वडा अधिवेशन हुन नसकेका जिल्लामा शनिबारदेखि सुरु भएको छ। नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशन मंसीर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved